images
images
  • सेयर बजारमा आयो एआई कम्पनी एन्थ्रोपिक, मूल्यांकन १.५ खर्ब डलर

    काठमाडौं– एआई च्याटबट क्लाउड निर्माण गर्ने अमेरिकी कम्पनी एन्थ्रोपिकको मूल्यांकन सेयर बजारमा कारोबार सुरु हुनुअघि नै बढेर १.५ खर्ब अमेरिकी डलर पुगेको छ।

    कम्पनीले अमेरिकाको न्युयोर्कस्थित नास्डाक सेयर बजारमा सूचीकृत हुन प्रतिकित्ता सेयर मूल्य ८३ अमेरिकी डलर निर्धारण गरेको छ। कम्पनीको सेयरमा बिहीबारदेखि कारोबार सुरु हुने भएको छ।

    यसअघि यसै महिनाको सुरुवातमा कम्पनीले प्रतिकित्ता सेयरको मूल्य ७० देखि ७८ डलरसम्म प्रस्ताव गरेको थियो। उक्त मूल्यका आधारमा कम्पनीको कुल मूल्यांकन अधिकतम १.३ खर्ब अमेरिकी डलर हुने अनुमान गरिएको थियो।

    कम्पनीका एक प्रारम्भिक लगानीकर्ताले नाम सार्वजनिक नगर्ने सर्तमा बीबीसीलाई दिएको जानकारीअनुसार उपलब्ध सेयरको तुलनामा लगानीकर्ताको माग १० गुणाभन्दा बढी रहेको छ।

    एन्थ्रोपिक सेयर बजारमा प्रवेश गर्ने अमेरिकाको पहिलो यस्तो कम्पनी बन्ने भएको छ, जसको सम्पूर्ण व्यावसायिक गतिविधि कृत्रिम बुद्धिमता (एआई) प्रविधिमा केन्द्रित छ।

    यद्यपि कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्दै गए पनि यसको भविष्यको आम्दानी र नाफा कमाउने क्षमताका विषयमा भने केही चिन्ता र अनिश्चितता कायम रहेको छ।

    -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images