काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सार्वजनिक भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंसिर ३, २०८३) छापावाल सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख २० हजार ८५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार ३३५ रुपैयाँ निर्धारण गरिएको छ। १० ग्राम चाँदीको मूल्य भने २ हजार ८५९ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्





















