images
images
  • कालीमाटीमा आज तरकारी र फलफूलको थोक मूल्य कति रु यस्तो छ विस्तृत सूची

    काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मङ्सिर ३ गते) का लागि तरकारी, फलफूल तथा अन्य कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार तरकारी तथा फलफूलको मूल्य वस्तु र प्रकारअनुसार फरक–फरक रहेको छ ।

    आज गोलभेँडा ठूलो (नेपाली र भारतीय) प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ भने गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, टनेल र तराईको ५० रुपैयाँ रहेको छ । आलु रातो (लाम्चो र गोलो) प्रतिकिलो ५० रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र सेतो आलु ३२ रुपैयाँ तोकिएको छ । सुकेको भारतीय प्याज प्रतिकिलो ९५ रुपैयाँ, गाजर (लोकल) ९० रुपैयाँ र तराईको गाजर ६० रुपैयाँ कायम गरिएको छ ।

    त्यस्तै, लोकल बन्दा प्रतिकिलो ३० रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ र तराईको काउली २० रुपैयाँ रहेको छ । रातो तथा सेतो मूला प्रतिकिलो ३० रुपैयाँ, भन्टा (लाम्चो) ३० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ तोकिएको छ । तने बोडी प्रतिकिलो १०० रुपैयाँ र मकै बोडी ५० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ ।

    अन्य तरकारीतर्फ मटरकोसा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) ९० रुपैयाँ, हाइब्रिड ८० रुपैयाँ र राजमा सिमी १२० रुपैयाँ रहेको छ । टाटे सिमी ८० रुपैयाँ, तिते करेला ९० रुपैयाँ, लौका ७० रुपैयाँ, परबर (लोकल) ८० रुपैयाँ र तराईको परबर १०० रुपैयाँ तोकिएको छ । चिचिण्डो प्रतिकिलो ४० रुपैयाँ, घिरौँला र झिगुनी ७०र७० रुपैयाँ, पाकेको फर्सी ७० रुपैयाँ तथा हरियो फर्सी (लाम्चो र डल्लो) ३०र३० रुपैयाँ कायम गरिएको छ । भिण्डीको मूल्य प्रतिकिलो १३० रुपैयाँ पुगेको छ ।

    यसैगरी, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, बरेला ४० रुपैयाँ, पिँडालु ७० रुपैयाँ र इस्कुस २० रुपैयाँ रहेको छ । सागपाततर्फ रायो साग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो १२० रुपैयाँ, चम्सुरको साग १५० रुपैयाँ, तोरीको साग ७० रुपैयाँ र मेथीको साग १५० रुपैयाँ तोकिएको छ । हरियो प्याज प्रतिकिलो २०० रुपैयाँ, बकुला र तरुल १००र१०० रुपैयाँ कायम गरिएको छ ।

    च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २६० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ र राजा च्याउ ३०० रुपैयाँ रहेको छ । सिताके च्याउको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ पुगेको छ भने कुरिलो ८०० रुपैयाँ तोकिएको छ । ब्रोकाउली प्रतिकिलो १२० रुपैयाँ, चुकुन्दर ९० रुपैयाँ, सजीवन २५० रुपैयाँ र रातो बन्दा १८० रुपैयाँ कायम गरिएको छ ।

    अन्य सागसब्जी तथा कृषि उपजमा जिरीको साग प्रतिकिलो १५० रुपैयाँ, सेलरी ५०० रुपैयाँ, पार्सले २ हजार ८०० रुपैयाँ, सौफको साग १५० रुपैयाँ र पुदिना ७०० रुपैयाँ रहेको छ । गान्टे मूला १५० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा र तोफु १६०र१६० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँ तथा रुख टमाटर १५० रुपैयाँ तोकिएको छ ।

    फलफूलतर्फ स्याउ (फूजी र जुम्ला) प्रतिकिलो ३५० रुपैयाँ तथा मुस्ताङको स्याउ २५० रुपैयाँ कायम गरिएको छ । नेपाली र मालभोग केरा प्रतिदर्जन १५० रुपैयाँ, कागती प्रतिकिलो ३०० रुपैयाँ र अनार ४०० रुपैयाँ रहेको छ । नेपाली तथा भारतीय सुन्तला प्रतिकिलो १०० रुपैयाँ, हरियो तरबुजा ८० रुपैयाँ, मौसम र जुनार २००/२०० रुपैयाँ तथा भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ तोकिएको छ।

    त्यस्तै, लोकल काँक्रो प्रतिकिलो ८० रुपैयाँ, हाइब्रिड काँक्रो ४० रुपैयाँ र लोकलक्रस काँक्रो ७० रुपैयाँ रहेको छ। निबुवा प्रतिकिलो ६० रुपैयाँ, चाइनिज नासपाती ३०० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ र भारतीय मेवा १०० रुपैयाँ कायम गरिएको छ। अम्बा प्रतिकिलो २५० रुपैयाँ, लप्सी ८० रुपैयाँ, स्ट्रबेरी ५०० रुपैयाँ, किबी ३०० रुपैयाँ, सरिफा २५० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला ८० रुपैयाँ तोकिएको छ ।

    नरिवल (काँचो) प्रतिकिलो ८० रुपैयाँ र हरियो नरिवल २०० रुपैयाँ रहेको छ भने नेपाली ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँ कायम गरिएको छ । मसला तथा अन्य उपजतर्फ अदुवा प्रतिकिलो ९० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ र हरियो खुर्सानी (लाम्चो) ७० रुपैयाँ रहेको छ । बुलेट खुर्सानी ९० रुपैयाँ, माछे खुर्सानी १०० रुपैयाँ र अकबरे खुर्सानी २०० रुपैयाँ तोकिएको छ । भेडे खुर्सानी प्रतिकिलो १०० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ र हरियो धनियाँ १०० रुपैयाँ रहेको छ ।

    सुकेको चाइनिज तथा नेपाली लसुन प्रतिकिलो २६०/२६० रुपैयाँ, सुकेको र हरियो छ्यापी २००र२०० रुपैयाँ कायम गरिएको छ । माछातर्फ सुकेको माछा प्रतिकिलो एक हजार रुपैयाँ, ताजा रहु माछा ३७० रुपैयाँ, बचुवा ३३० रुपैयाँ र छडी माछा ३५० रुपैयाँ तोकिएको समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images