images
images
  • रास्वपा सांसदलाई संसद्‌ बैठकबाट बाहिर निकाल्नुपर्छ : कांग्रेस

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसद्मा मर्यादित पोशाकको नियम उल्लंघन गर्दै निलो रिबनसहितको पोशाकमा प्रवेश गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउँदै यस्तो ड्रेस आचारसंहिताविपरीत भएको बताए ।

    उनले स्कार्फ र अन्य असामान्य पोशाकहरू संसद्को मर्यादाभित्र पर्छन् कि पर्दैनन् भन्ने प्रश्न उठाउँदै नियम उल्लंघन गर्ने सांसदहरूलाई चेतावनी र निष्कासनसम्मको कारबाही गर्न माग गरे ।

    उनका अनुसार संसद् सचिवालयको नियमावलीअनुसार असान्दर्भिक पोशाक वा व्यवहार देखाउने सांसदलाई सभामुखले चेतावनी दिन सक्ने र बैठकबाट निष्कासन गर्नेसम्मको प्रावधान छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images