images
images
  • भिजिट भिसाबारे सघन छलफल, गृहमन्त्रीले राजीनामा देलान् ?

    काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भिजिट भिसा प्रकरणमा उत्पन्न राजनीतिक गतिरोध सम्बोधनबारे सोमबार छलफल भएको छ ।

    सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच गत शुक्रबार भएको दुई बुँदे सहमतिको कार्यान्वयनका विषयमा उनीहरूबीच छलफल भएको हो ।

    भिजिट भिसा र अध्यागमनसम्बन्धी अनियमितताको विषय उठाउँदै प्रमुख प्रतिपक्षी दलले संसद् अवरुद्ध गरिरहेका बेला सहमति कार्यान्वयन र सदन सञ्चालनको वातावरण निर्माणबारे सभामुखले सक्रिय पहल थालेका हुन् ।

    यसै क्रममा सभामुख घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारबीच छुट्टै छलफल पनि जारी रहेको अधिकारीले जानकारी दिए ।

    रास्वपाले गृहमन्त्रीको राजीनामा माग्दै निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । तर, गृहमन्त्रीले आफूले राजीनामा नदिने अडान राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images