images
images
  • इजरायली आक्रमणमा इरानका नवनियुक्त सेना कमान्डरको मृत्यु

    काठमाडौं । इजरायलले इरानी युद्धकालीन सेना कमान्डर अली सादमानी मारेको दाबी गरेको छ ।

    अली सादमानीलाई केही दिनअघि हमलामा मारिएको सेना प्रमुखको ठाउँमा नियुक्त गरिएको सीएनएनले जनाएको छ ।

    इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले एक विज्ञप्तिमार्फत सटिक गुप्तचर जानकारी र गए राति ‘अचानक’ पाएको अवसरपछि इजरायली वायुसेना (आईएएफ)ले तेहरानको केन्द्रमा रहेको एक कमान्ड सेन्टरमा हमला गरेर उनलाई मारेको दाबी गरेको छ ।

    इजरायलको दाबीमा इरानले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

    इजरायलले पहिलो हमलामा सादमानीका पूर्ववर्ती लेफ्टिनेन्ट जनरल गोलाम अली रसिदसहित इरानका धेरै शीर्ष कमान्डर मारेको थियो ।

    रसिद मारिएपछि शुक्रबारदेखि सादमानीले उनको भूमिका सम्हालेका थिए ।

    रसिद र सादमानीले खातम अल–अन्बिया केन्द्रीय कमान्डको नेतृत्व गरेका थिए । जसले नियमित सेना र इरानी क्रान्तिकारी गार्डबीच समन्वय गर्छ ।

    आईडीएफको बयानमा भनिएको छ, “आफ्ना विभिन्न भूमिकामा (सादमानी)ले इजरायललाई निसाना बनाउने इरानी योजनाहरूमा प्रत्यक्ष प्रभाव पारेका थिए ।” –सीएनएन

    प्रतिक्रिया दिनुहोस्
    images
    images