images
images
  • सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ? (मूल्यसहित)

    काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको हो ।

    यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम थियो ।

    यसैबिच मंगलबार चाँदीको मूल्य पनि घटेको छ ।

    सोमबार तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा १ हजार १६० रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images