images
images
  • १२ वर्षपछि नेपालले स्कटल्याण्डसँग टी-२० खेल्दै

    काठमाडौं : नेपालले त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत घरेलु टोली स्कटल्याण्डसँग खेल्खैछ। यो खेल नेपाली समय अनुसार साँझ पौने ८ बजेदेखि शुरु हुनेछ।

    सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने नेपाल नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको छ।

    नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म एक टी–२० (२०१३) मा खेलिएको थियो जहाँ स्कटल्याण्ड विजयी भएको थियो। आईसीसीको टी–२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्ड्स १३औं स्थानमा रहेको छ।

    २० जुनसम्म हुने यो त्रिकोणात्मक सिरिजमा बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, बिहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्डस् खेल्ने तालिका रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images