images
images
  • क्लब विश्वकपमा चेल्सीको विजयी सुरुवात

    काठमाडौं ः फिफा क्लब विश्वकपमा चेल्सीले विजयी सुरुआत गरेको छ।

    एटलान्टाको मर्सिडेज–बेन्ज स्टेडियममा भएको खेलमा चेल्सीले लस एन्जलस एफसीलाई २–० ले हरायो। यससँगै चेल्सीले समूह ‘डी’ को चेल्सीले ३ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ।

    चेल्सीका लागि पेड्रो नेटोले ३४ औं मिनेटमा पहिलो गोल गरे भने इन्जो फर्नान्डेजले ७९ औं मिनेटमा दोस्रो गोल थपे।

    त्यस अगाडि समूह ‘सी’ को खेलमा बोका जुनियर्स र बेनफिकाले २–२ को रोमाञ्चक बराबरी खेले। यो नतिजापछि दुवै टिमले एक–एक अंक बाँडे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images