images
images
  • इरानद्वारा ३७० मिसाइल र १०० भन्दा बढी ड्रोन प्रहार : २४ इजरायलीको मृत्यु, ५९२ घाइते

    काठमाडौं– इजरायली प्रधानमन्त्रीको कार्यालयले चार दिनयता द्वन्द्वका क्रममा इरानले ३७० ब्यालिस्टिक मिसाइल र सयौँ ड्रोन आफ्नो देशतिर प्रहार गरेको जनाएको छ ।

    गएको शुक्रबारदेखि सुरु द्वन्द्वमा सोमबार बिहानसम्म इजरायलमा २४ जनाको मृत्यु भएको छ ।

    ५९२ जना घाइते छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको सीएनएनले जनाएको छ ।

    इरानले इजरायलका ३० स्थानमा ‘सफलतापूर्वक’ आक्रमण गरेको छ ।

    इरानमा भने कम्तीमा २२४ जनाको मृत्यु भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images