images
images
  • राप्रपाले संसद् बैठक बहिष्कार गरेको दिन भत्ता नलिने, के गर्छ रास्वपाले ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले असार १ गतेको संसद् बैठक बहिष्कार गरेकाले त्यस दिनको भत्ता नलिने निर्णय गरेका छन् ।

    पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार राप्रपाको संसदीय दलको बैठकले बैठकमा अनुपस्थित रहँदा पनि उपलब्ध हुने भत्ता अस्वीकार गर्ने निर्णय गरेको हो ।

    संसदीय दलको उक्त निर्णयअनुसार राप्रपाले संघीय संसद् सचिवालयलाई पत्र पठाई असार १ गतेको बैठक भत्ता नदिन अनुरोध गरेको छ ।

    भिजिट भिसा प्रकरणमा सरकारको भूमिका र जवाफ माग गर्दै राप्रपाले संसद् अवरुद्ध गरे पनि सभामुखले संसद् बैठक सञ्चालन गरेपछि राप्रपा सांसदहरूले बैठक नै बहिष्कार गरेका थिए ।

    यद्पि रास्वपाले भने यसबारे कुनै निर्णय नगरेकाे सचेतक सन्ताेष परियारले जानकारी दिए ।

    Bhatta 2 1750053285

    प्रतिक्रिया दिनुहोस्
    images
    images