images
images
  • सभामुख–रास्वपाको गोप्य भेटले फुकेन अवरुद्ध संसद्को गाँठो, बैठक अनिश्चित

    काठमाडौं– प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध पूर्णरूपमा हटाउने प्रयासस्वरूप पाँच प्रमुख दलका मुख्य तथा प्रमुख सचेतकहरूसँग सोमबार बिहान छलफल गरेका छन् ।

    सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार छलफल संसद्को नियमित कामकाज अवरुद्ध भइरहेकाले अवरोध अन्त्यका उपाय खोज्न आयोजित गरिएको हो ।

    प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि तोकिएको थियो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध जारी राख्ने अडान कायम राखेपछि सभामुख घिमिरेले बानेश्वरस्थित संघीय संसद् भवनमै प्रमुख दलका सचेतकहरूलाई छलफलमा बोलाएका थिए ।

    छलफलमा नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाबाट प्रमुख सचेतक सन्तोष परियार तथा राप्रपाबाट प्रमुख सचेतक ज्ञानेन्द्र शाही सहभागी थिए ।

    छलफलमा उपसभामुख इन्दिरा राना र कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाको पनि उपस्थिति रहेको अधिकारीले जानकारी दिए ।

    यसअघि सोमबार बिहानै सभामुख घिमिरेले बालुवाटारमा रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग पनि छुट्टै छलफल गरेका थिए ।

    प्रमुख प्रतिपक्षी माओवादी केन्द्र संसद सञ्चालनमा सहमत भइसके पनि रास्वपा र राप्रपाले आफ्नो माग पूरा नभएसम्म अवरोध जारी राख्ने बताउँदै आएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images