images
images
  • तीनकुने हिंसात्मक प्रदर्शन : राप्रपाका महामन्त्री धवलशमशेर अदालतमा उपस्थित, रविन्द्र अझैँ फरार

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर जबरा काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी २०८१ चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनमा सहभागिता जनाएका अभियोगमा अदालतमा हाजिर भएका हुन् ।

    उक्त प्रदर्शनका सन्दर्भमा जबराविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरलगायत चारवटा अभियोगमा मुद्दा दायर गरिएको छ । अभियोजन पक्षले उनीमाथि कानुनी कारबाही गर्दै सजायको मागदाबी पनि गरेको छ ।

    यसअघि प्रहरीले जबरालाई अनुसन्धानपश्चात हाजिर जमानीमा रिहा गरेको थियो । तर, उपचारका लागि रिहा भइसकेपछि उनी केही समय प्रहरी सम्पर्कबाहिर रहेका थिए ।

    उक्त राजावादी प्रदर्शनमा संलग्न ६५ जनालाई प्रतिवादीको रूपमा अभियोजन गरिएको छ । अदालतमा जबराको उपस्थितिसँगै मुद्दाको प्रक्रिया पुनः सक्रिय भएको छ ।

    यद्यपि उक्त घटनाको अभियोगमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझैँ फरार छन् । उनलाई हालसम्म प्रहरीले भेटेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images