काठमाडौं– भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा अवरुद्ध गरिरहेको छ ।
गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै रास्वपाका सांसदहरू संसद् बैठकभित्रै भुईँमा बस्दै विरोधमा उत्रिएका छन् ।
तर, गृहमन्त्री लेखक भने आफू दोषी नरहेको र राजीनामा दिने कारण नभएको स्पष्ट पार्दै आएका छन् ।
संसद्को अवरोध अन्त्य गर्न सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) बीच दुई बुँदे सहमति भइसकेको छ ।
तर, रास्वपाको विरोध कायमै रहेकाले संसद् सञ्चालन अझै अवरुद्ध रहेको छ ।
केही समयअघि रास्वपाका सांसद वेल अगाडि पलेटी कसेर बसेका छन् भने राप्रपा सांसद बैठकबाटै बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्























