काठमाडौं– प्रतिनिधिसभाको बैठकमा आज राप्रपा र रास्वपाका सांसदहरूको सक्रिय विरोध देखिएको छ ।
बैठकका क्रममा राप्रपाका सांसदहरू बैठक कक्षबाट बाहिरिए ।
सभामुखले बोल्न समय दिएको भए पनि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्रीको राजीनामा माग र भिजिट भिसा प्रकरणको छानबिन नटुंगिएको भन्दै बोल्न अस्वीकार गरे ।
उनले सरकारप्रति आक्रोश व्यक्त गर्दै दादागिरीपूर्ण शैलीमा सदन चलाउन खोजिएको आरोप लगाए ।
त्यसैगरी, रास्वपाका सांसदहरू भने बैठक हलमै बेल घेराउ गर्दै लगातार नाराबाजीमा उत्रिएका छन् ।
यस्ता अवरोधबीच पनि प्रतिनिधिसभाको बैठक अगाडि बढिरहेको छ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल सुरू गर्न प्रस्ताव पेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























