images
images
  • भिजिट भिसा प्रकरण विषयान्तर गर्न रास्वपामाथि कांग्रेसको प्रश्न– रविको नैतिकता खै ?

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा उठाएको नैतिकताको सवाल अर्थहीन भएको दाबी गरेका छन् ।

    आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै घिमिरेले रास्वपाका सभापति रवि लामिछाने स्वयं सहकारी ठगीसम्बन्धी मुद्दामा पाँचवटा अदालतमा मुद्दा खेपिरहेकाले नैतिकताको भाषण दिनु उपयुक्त नहुने बताए ।

    ‘अध्यागमनका एक सामान्य कर्मचारीको गल्तीका कारण गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने पार्टीका सभापति स्वयं पाँचवटा अदालतमा मुद्दा खेपिरहेका छन्,’ उनले प्रश्न गरे, ‘उहाँ सभापतिमा रहन मिल्छ त? संसदीय दलको नेतामा बस्न मिल्छ त ?’

    उनले लामिछाने पहिले नै निलम्बन भइसकेको दलका नेता भएको उल्लेख गर्दै त्यस्तो व्यक्तिले अरूमाथि नैतिकताको सवाल उठाउनु दोहोरो मापदण्ड भएको टिप्पणी गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images