images
images
  • विपक्षीमाथि बलमिच्याइँ, सत्तारूढ एमाले पृष्ठभूमिका सभामुखले संसद् अघि बढाएपछि रास्वपा–राप्रपाको नाराबाजी

    काठमाडौं– दुई घण्टा ढिला सुरु भएको प्रतिनिधिसभा बैठक विपक्षी रास्वपा र राप्रपा लगायतका दलहरूले अवरोध कायम राखेका छन् ।

    नयाँबानेश्वरस्थित संसद् भवनमा आज (आइतबार) बिहान ११ बजे बोलाइएको बैठक तोकिएको समयभन्दा करिब दुई घण्टा ढिलो गरी सुरु भएको छ ।

    संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले आज प्रमुख सचेतकहरूको बैठक आह्वान गरेका थिए ।

    तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना अडान परिवर्तन नगरेपछि सहमति जुट्न सकेन ।

    बैठक सुरु भएपछि पनि रास्वपा र राप्रपाले सदनमा नाराबाजी गर्दै अवरोध जारी राखेका छन् ।

    संसद्मा विपक्षीको अवरोधका बावजुत सत्तारूढ एमाले पुष्ठभूमिका सभामुख घिमिरेले बैठक अघि बढाएका छन् । रास्वपा र राप्रपाले नाराबाजी गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images