images
images
  • पूर्णस्तरको युद्धमा इरान : हवाई, सडक र जलमार्ग ठप्प, स्वदेश फर्किन चहादैनन् नेपालीहरू

    काठमाडौं– तेलअविवमा राति ९ बजेपछि इरानबाट पहिलो मिसाइल आक्रमण भएको पुष्टि भएको छ ।

    राति १ बजेदेखि बिहान ४ बजेसम्म लगातार विस्फोटका आवाजहरू सुनिए पनि हाल बिहान ७ बजेसम्म अवस्था सामान्य रहेको जनाइएको छ ।

    सरकारले आपतकालीन सेवाबाहेक सबै नागरिकलाई घरभित्रै बस्न निर्देशन दिएकाले दूतावास खुल्न सकेको छैन । दूतावासका कर्मचारीहरू छुट्टाछुट्टै स्थानमा सुरक्षित रहेका छन् ।

    दूतावासका अनुसार सबै नेपालीहरू सुरक्षित छन् । विराटनगरका मेयर नागेश कोइरालासमेत सकुशल रहेको जानकारी प्राप्त भएको छ ।

    हवाई तथा समुद्री मार्गहरू बन्द गरिएको छ भने सीमापार ओहोरदोहोर असम्भव बनेको छ । इरानको पहिलो आक्रमण उत्तरी इजरायलको हाइफा बन्दरगाहमा भएको थियो ।

    त्यसपछि राजधानी तेलअविव नजिकका रमादगान, ब्याटयाम र ताम्रामा पनि आक्रमण भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images