images
images
  • राजावादीलाई रास्वपाको साथ, दुई दल मिलेर संसद् अवरुद्ध पार्ने तयारी

    काठमाडाै‌– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद्मा विरोध जारी राख्ने भएका छन् ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै यी दुई पार्टीले विरोध जारी राख्ने बताएका हुन् ।

    आइतबार सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न सिंहदरबारमा राखेको प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूसँगको बैठकमा यी दुई पार्टीले यसबारे जानकारी गराएका हुन् ।

    जेठ १३ गतेदेखि संसद् अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ । यस्तो पृष्ठभूमिमा सभामुखले संसद् बैठक अघि छलफल गरेका हुन् ।

    भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमतिसँगै माओवादी केन्द्रले भने सदनमा अवरोध नगर्ने भएको छ ।

    संसद् बैठक ११ बजे बस्दैछ ।

    प्रतिक्रिया दिनुहोस्

    images