
काठमाडौं– इजरायल र इरानबीच पछिल्लो समयमा पुनः तनाव चुलिएको छ । इजरायलले इरानको विश्वकै ठूलो ग्यास क्षेत्र र तेहरान नजिकैका सैन्य लक्ष्यहरूमा आक्रमण गरेपछि स्थिति गम्भीर बनेको हो ।
इरानले जवाफस्वरूप इजरायलतर्फ क्षेप्यास्त्र र ड्रोन आक्रमण ग¥यो, जसमा इजरायलको उत्तरमा तीन महिलाको ज्यान गयो र १० जना घाइते भए ।
तेहरानमा इजरायली हमलाबाट एक तेल डिपोमा आगलागी भएको र रक्षा मन्त्रालयको भवनमा सामान्य क्षति पुगेको छ । इरानी रिभोलुसनरी गाड्र्सले इजरायलको ऊर्जा पूर्वाधार र लडाकु विमान इन्धन केन्द्रहरूमा निशाना बनाएको दाबी गरेको छ ।
यसबीच, ओमानमा हुने भनिएको अमेरिका–इरान आणविक वार्ता इजरायली आक्रमणका कारण रद्द भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रम कटौती गर्न चेतावनी दिँदै इजरायली कारबाही रोक्न अझै ढिलो नभएको बताएका छन् ।
इजरायली प्रधानमन्त्री नेतन्याहुले हालका आक्रमणहरू भविष्यमा हुने प्रतिक्रिया अगाडि ‘केही पनि होइनन्’ भनेका छन्, जसले स्थिति अझ जटिल बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्