काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोधका बीच गृहमन्त्री रमेश लेखकले शुक्रबार प्रतिनिधि सभामा भिजिट भिसासम्बन्धी धारणा राखेका छन्।
शुक्रबार अपराह्न सुरू भएको बैठकमा रास्वपा र राप्रपाका सांसदहरूले गृह मन्त्रालयको भूमिकाको विरोध जनाउँदै नाराबाजी गरेका थिए। त्यसै क्रममा सभामुख देवराज घिमिरेले गृहमन्त्री लेखकलाई धारणा राख्न समय दिएका थिए।
गृहमन्त्री लेखक रोष्ट्रममा पुगेर आफ्नो धारणा राखिरहँदा रास्वपाका सांसदहरूले वेल घेराउ गर्दै उनको राजीनामा र विषयमा छानबिन समिति गठनको माग गरे।
विपक्षी दल राप्रपाका सांसदहरू पनि उठेर आपत्ति जनाउँदै विरोध प्रदर्शनमा सहभागी भएका थिए।
प्रतिक्रिया दिनुहोस्























