images
images
  • मधेशी मोर्चाको बैठक बस्दै, यी हुन् एजेण्डा

    काठमाडौं । मधेश केन्द्रित विभिन्न राजनीतिक दलहरूको संयुक्त प्रयासमा बनेको संघीय

    लोकतान्त्रिक मोर्चाको बैठक आज दिउँसो बस्दैछ ।

    मोर्चाको बैठक अपराह्न ३ बजे राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।

    हृदयेश त्रिपाठीको पहलमा बनेको मोर्चामा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी, तामाङ लोप्साङ पार्टी (तमलोपा) लगायतका मधेशकेन्द्रित दलहरू सहभागी छन् ।

    संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर गठित यो मोर्चा मधेशको सीमित राजनीतिक मुद्दाबाट बाहिर निस्कने प्रयासमा छलफल गरिरहेको छ ।

    बैठकमा विशेष गरी आदिवासी जनजाति र मधेशी समुदायबीच सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ । दुवै पक्षलाई एउटै मोर्चाभित्र समेटेर संयुक्त आन्दोलनमा जाने विषयमा दलहरू छलफलमा जुटेका छन् ।

    सोही उद्देश्यले मोर्चाका एक नेतासमेत रहेका राजेन्द्र महतो हालै पाथिभरा क्षेत्र पुगेका थिए । केबुलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय जनजातिहरूको आन्दोलनलाई समर्थन जनाउन उनी त्यहाँ गएका थिए ।

    बैठकमा समसामयिक विषयहरूबारे पनि छलफल हुने बताइएको छ । विशेष रूपमा हाल चर्चामा रहेको भिजिट भिसा प्रकरणसम्बन्धी विषय मोर्चाको तेस्रो एजेन्डा रहेको छ ।

    मोर्चामा आबद्ध दलहरूका अध्यक्षहरूलाई पठाइएको कार्यसूचीमा भिजिट भिसा सम्बन्धी नीतिगत र व्यवहारिक सवालहरूमा समन्वित धारणा बनाउने तयारी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images