images
images
  • नेपाली फुटबल टिम स्वदेश फर्कियो

    काठमाडौं – एएफसी एसियन कप छनोट खेलेर नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ ।

    लाओससँग प्रतिस्पर्धा गरेको नेपाली टिम गए राति ८ बजे काठमाडौँ आइपुगेको हो ।

    नेपाली टिमलाई एन्फाका प्रवक्ता सुरेश शाहलगायत पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए ।

    नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सिंगापुरविरुद्ध र एएफसी एसियन कप क्वालिफायरमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपालले मैत्रीपूर्ण फुटबलमा सिंगापुरलाई १–० ले पराजित गरेको थियो ।

    सिंगापुरविरुद्ध नेपाली टिमको यो पहिलो जित हो । यस्तै, क्वालिफायरमा भने नेपाली टिमले मलेसियाविरुद्ध उसैको मैदानमा २-० को हार बेहोरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images