images
images
  • सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भने घट्यो

    काठमाडौ‌ – गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु‍. एक हजार ६०० ले वृद्धि भएको छभने चाँदीमा रु. १५ ले गिरावट आएको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु. एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी रु. दुई हजार १५० मा कारोबार भइरहेको छ ।
    गत मङ्गलबार एक तोला सुन रु. एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु. दुई हजार १६५ मा कारोबार भएको थियो ।
    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images