images
images
  • सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार सुन तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, चाँदी मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य तोलाको दुई हजार एक सय ५० रुपैयाँमा कायम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images