images
images
  • तेस्रो संस्करणको ‘सैलुङ अल्ट्रा रेस’ यसै सातादेखि हुने

    काठमाडौं – सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजना तथा एथलेटिक्स परिवार नेपालको समन्वयमा तेस्रो संस्करणको ‘सैलुङ अल्ट्रा रेस’ यसै सातादेखि हुने भएको छ ।

    यही जेठ ३१ गतेदेखि रामेछापमा आयोजना हुने उक्त प्रतियोगितामा महिला तथा पुरुषतर्फ खुल्ला ५५ किलोमिटर दौड र पाँच किलोमिटर दौड सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवं सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिका अध्यक्ष लालबहादुर मगरले जानकारी दिए ।

    उक्त अल्ट्रा दौड प्रतियोगिता सुनापाति–३ साँदी डाँडाबाट सुरु भई सुनापाति डाँडा, लहरे माने, भागे डाँडा, खाँडादेवी मन्दिर, गाल्पा भन्ज्याङ, अग्लेश्वर डाँडा, दोरम्बा बजार, सहिदपार्क, डाँडा कटेरी, घले डाँडा, दोरम्बा सैलुङ हुँदै वडा नं १ सैलुङमा आएर सम्पन्न हुनेछ ।

    प्रतियोगितामा ५५ किलोमिटर दौडमा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीलाई रु. एक लाख तथा दोस्रो हुने खेलाडीलाई रु. ५० हजार पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने खेलाडीले रु. २५ हजार प्राप्त गर्नेछ भने चौथोले रु. १० हजार तथा पाँचौँ हुने खेलाडीले रु. पाँच हजार पुरस्कार प्राप्त गर्नेछ ।

    प्रतियोगितामा करिब एक सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images