काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवस सन् २०२५ को अवसरमा कीर्तिपुर क्षेत्रको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्म ‘हाइकिङ तथा प्लाष्टिक फोहोर संकलन’ कार्यक्रम आयोजना गरेको छ ।

वातावरण संरक्षण तथा प्लाष्टिक फोहोर व्यवस्थापनप्रति जनचेतना जगाउने उद्देश्यसहित गरिएको सो कार्यक्रम कीर्तिपुर नगरपालिका तथा नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखाको सहकार्यमा सम्पन्न भएको हो ।
उक्त एकदिने हाइकिङ अभियानको क्रममा करिब १५० केजी प्लाष्टिक फोहोर संकलन गरिएको जानकारी दिइएको छ । साथै, हाइकिङ रुटअन्तर्गतका विभिन्न स्थानमा स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) पनि राखिएको छ ।
जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा सहयोग पु¥याउने विश्वास आयोजकको रहेको छ । संकलित फोहोर कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिकाका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
![]()
बैंकले वातावरण दिवसकै सन्दर्भमा देशभर वृहत वृक्षारोपण कार्यक्रमसमेत सम्पन्न गरेको छ । आफ्नो १८औँ वार्षिकोत्सवको अवसर पारेर ग्लोबल आइएमई बैंकले मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्यसहित विभिन्न स्थानमा बृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो ।
बैंकका अनुसार वृक्षारोपणले वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको आय–आर्जनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।
ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवासँगै जलवायु संरक्षण, स्वदेशी उत्पादनको प्रवद्र्धन तथा दिगो विकासमा समेत विशेष योगदान दिँदै आएको बताइएको छ ।
नेपाली बैंकिङ्ग क्षेत्रको अग्रणी संस्था
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स २०२४ तथा युरोमनी अवार्ड फर एक्सेलेन्स २०२४ अन्तर्गत दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भइसकेको छ ।
यस्तै, बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट समेत विभिन्न विधामा सम्मान तथा पुरस्कार प्राप्त गरेको छ ।
सातै प्रदेशका ७७ वटै जिल्लामा सेवा विस्तार गरिसकेको यो बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
हाल बैंकसँग ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।
बैंकले देशभित्रका नागरिकलाई वित्तीय सेवा प्रदान गर्नुका साथै विश्वभरका नेपाली समुदायका लागि रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ ।
संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत दर्जनभन्दा बढी मुलुकबाट रेमिट्यान्स संकलन गरी नेपाल भित्र्याउने कार्यमा बैंक सक्रिय छ ।
ग्लोबल आइएमई बैंकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई प्राथमिकता दिँदै लैजाने प्रतिबद्धता जनाएको छ ।


विश्व खबर 




















