images
images
  • नेसन्स लिगको उपाधि पोर्चुगललाई

    स्पेनलाई पराजित गर्दै यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगलले उचालेको छ।

    आइतबार राति म्युनिखमा भएको फाइनलमा टाइब्रेकरमा स्पेनलाई ५–३ ले पराजित गर्दै पोर्चुगलले दोस्रोपटक नेसन्स लिगको उपाधि जितेको हो।

    निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट गरिएको हो।

    खेलको पहिलो हाफमा २–१ ले पछि परेको पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

    पहिलो हाफको २१ औँ मिनेटमा मार्टिन जुबिमेन्दीको गोलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो। तर २६ औँ मिनेटमा नुनो मेन्डिसको गोलमा पोर्चुगल खेलमा फर्किएको थियो।

    पहिलो हाफको अन्तिम मिनेटमा मिकेल ओयारजवालको गोलमा स्पेनलले खेलमा पुनः अग्रता बनाएको थियो।

    खेलको ६१ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई पुनः बराबरीमा ल्याएका थिए।

    टाइब्रेकरमा पोर्चुगलका लागि गोन्कालो रामोस, भिटिन्हा, ब्रुनो फर्नान्डेज, नुनो मेन्डिस र रुवेन नेभ्सले गोल गरे।

    स्पेनका मिकेल मोरिनो, एलेकस बिना र इस्कोले गोल गर्दा अल्भारो मोराटाको प्रहार विफल हुन पुग्यो।

    रोनाल्डोले पोर्चुगलका लागि तेस्रो उपाधि उचालेका हुन्। करियरको १ सय ३८ अन्तराष्ट्रिय गोल गरेका रोनाल्डोले आफ्नै नयाँ कीर्तिमान रचेका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images