काठमाडौं । अल नसारका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्लब विश्वकप खेल्ने योजना नरहेको बताएका छन् ।
शनिबार सञ्चारकर्मीहरूसँग उनले राष्ट्रिय टोलीमा केन्द्रित हुने बताएका हुन् ।
“क्लब विश्वकपमा खेल्न व्यवहारिक छैन,” रोनाल्डोले भने, “राष्ट्रिय टोली बाहेक अन्य विषयमा ध्यान दिनु उचित हुँदैन ।” उनले विभिन्न क्लबबाट प्रस्ताव आएको भए पनि त्यसमा गहिरो सोचविचार गर्नुपर्ने बताए ।
फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले क्लब विश्वकपमा रोनाल्डोको सम्भावित सहभागिता बारे वार्ता भइरहेको बताएका थिए ।
अल नसारका स्पोर्टिङ निर्देशक फर्नान्डो हाइरोले पनि रोनाल्डोसँग सम्झौता नवीकरणको प्रक्रिया चलिरहेको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















