images
images
  • प्रधानमन्त्रीले गरे त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको निरीक्षण

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको निरीक्षण गरेका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान) ले गरिरहेको काम हेर्न ओली आज कीर्तिपुर पुगेका हुन् । गत फागुनदेखि क्रिकेट मैदानको प्यारापिट निर्माणको काम भइरहेको छ । प्यारापिट निर्माणको ठेक्का बीकेओआई–केसीडीसी–बिजी जेभीले ४३ करोड ७७ लाख रुपैयाँमा पाएको छ ।

    गत वैशाख २४ सम्म काम सक्ने समय तोकिएकोमा अहिलेसम्म पनि पूरा भएको छैन । समयमा काम नसकिएपछि प्रम ओली काम छिटो गर्न निर्देशन दिएका थिए ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images