images
images
  • नेपाल बैंकका कर्मचारी र ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट

    काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारीहरू तथा बैंकमा खाता भएका ग्राहकहरूका लागि Suzuki ब्रान्डका गाडी खरिद गर्दा विशेष छुट प्रदान गर्ने समझौता गरेको छ । यो सुविधा Nancy Automobiles Pvt. Ltd. सँगको सहकार्यमा उपलब्ध गराइनेछ ।

    २०८२ साल जेठ २२ गते भएको समझौता अनुसार, अब नेपाल बैंक लिमिटेडका स्थायी कर्मचारीहरू तथा बैंकमा खाता सञ्चालन गरिरहेका ग्राहकहरूले Nancy Automobiles Pvt. Ltd. मार्फत उपलब्ध Suzuki ब्रान्डका विभिन्न मोडेलका गाडीहरूमा विशेष छुट पाउनेछन् । गाडी खरिदका क्रममा उपलब्ध गराइने छुटका साथै विभिन्न आकर्षक अफरहरू पनि प्रदान गरिने जानकारी प्रेस विज्ञप्तिमार्फत दिइएको छ ।

    उक्त सहमतिको दस्तावेजमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र Nancy Automobiles Pvt. Ltd. को तर्फबाट प्रबन्ध निर्देशक सुमन शाहले हस्ताक्षर गरेका छन् ।

    नेपाल बैंकले यस्ता सहकार्यमार्फत आफ्ना ग्राहक र कर्मचारीलाई थप सुविधा प्रदान गर्दै संस्थागत सामाजिक उत्तरदायित्व तथा ग्राहक सन्तुष्टिमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।

    PRESS RELEASE page 0001

    प्रतिक्रिया दिनुहोस्
    images
    images