महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
आज (शुक्रबार) पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।
सभापति देउवाले यस विषयमा प्रधानमन्त्री केपी शर्मा र आफूबीच आन्तरिक गृहकार्य सुरु भइसकेको बताए ।
आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ,’ उनले भने ।
मधेशमा जनतम पार्टीले नेतृत्व लिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















