images
images
  • स्वास्थ्यको करोडौंको अनुदान पहुँचवालाको हातमा

    काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य क्षेत्रका विभिन्न संघ–संस्थाहरूलाई आर्थिक अनुदान उपलब्ध गराउने भएको छ ।

    आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुको पूर्वाधार विकास र विभिन्न कार्यक्रम सञ्चालनका लागि उल्लेख्य रकम छुट्याइएको हो ।

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार, कीर्तिपुरस्थित बर्न अस्पतालको पूर्वाधार विकासका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    त्यसैगरी डा. भगवान कोइरालाको नेतृत्वमा निर्माणधीन काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५ करोड रुपैयाँ अनुदान प्रदान गरिने छ ।

    यसैगरी, धुलिखेल अस्पताललाई ७ करोड, रण अम्बिका आँखा अस्पताललाई ८ करोड, नेपाल आयुर्वेद चिकित्सक संघलाई ९ लाख, नेपाल चिकित्सक संघलाई ८१ लाख, नेपाल जनस्वास्थ्य संघलाई १३ लाख ५० हजार, निजामती श्रीमती संघलाई २२ लाख ५० हजार, र नेपाल नर्सिङ संघलाई १३ लाख ५० हजार रुपैयाँ अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ ।

    मन्त्रालयका अधिकारीका अनुसार पहुँचका आधारमा नै अनुदान दिने संस्थाको सूची तयार हुने बताउँछन् । अनुदान लिने अधिकांश संस्थाको अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म पहुँच हुने गरेको ती अधिकारी बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images