images
images
  • विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्धारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


    काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

    बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन र पुत्ला दहन गरेका हुन् ।

    प्रतिनिधिसभा विघटन गरेको तथा एकपछि अर्को असंवैधानिक कार्य गरेको भन्दै आन्दोलित विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले घोषित कार्यक्रमअनुसार आज नयाँ बानेश्वरमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । प्रहरीले हस्तक्षेप गरी उनीहरुबाट पुत्ला खोसेको थियो ।

    पछिल्लो समय विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सरकारविरोधी आन्दोलनलाई तीव्रता दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images