images
images
  • एमालेको महाधिवेशन आयोजक कमिटी खारेज, नेपालसहित ११ जनामाथिको कारबाही स्वत: निष्क्रिय


    काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटी खारेज भएको छ । एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बालुवाटारमा बसेको हो ।

    बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ ।

    त्यस्तै माधव नेपाल पक्षका ११ जना नेताको कारवाही पनि निष्क्रिय भएको ज्ञवालीको भनाइ छ । अब आगामी असार १८ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने पनि ज्ञवालीले जानकारी दिए ।

    बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनित गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको पनि ज्ञवालीले बताए । त्यस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेको छ ।

    वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images