images
images
  • त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोडप्रति स्ववियुको आपत्ति, शैक्षिक असमानता र संवादहीनताको आलोचना

    काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति कार्यकक्षमा भएको तोडफोड र तालाबन्दी घटनाप्रति त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आपत्ति जनाएको छ। स्ववियु अध्यक्ष दीपक जोशीद्वारा बिहीबार जारी विज्ञप्तिमा जेठ १४ गतेको घटनालाई “दुःखद् र दुर्भाग्यपूर्ण” भन्दै निन्दा गरिएको हो।

    उक्त दिन नेविसंघ निकटका विभिन्न क्याम्पसका स्ववियु प्रतिनिधिहरूले उपकुलपतिको कार्यकक्षमा तोडफोड गर्दै तालाबन्दी गरेका थिए। यसबारे स्ववियुले आपत्ति जनाउँदै विश्वविद्यालय प्रशासनको ढिलासुस्ती, संवादहीनता र विद्यार्थीको उपेक्षाले अवस्था जटिल बनाएको जनाएको छ।

    विज्ञप्तिमा स्ववियुले आफूहरू सुरुदेखि नै स्पष्ट, पारदर्शी र विद्यार्थीमैत्री शैक्षिक क्यालेन्डरको पक्षमा उभिँदै आएको उल्लेख गर्दै उपकुलपतिले देखाएको प्रतिबद्धतालाई स्वागतयोग्य भनेको छ। तर विश्वविद्यालयले पटक–पटक क्यालेन्डर परिवर्तन गर्नु र विद्यार्थीको आवश्यकतालाई बेवास्ता गर्नु “गम्भीर असंवेदनशीलता” भएको आरोप लगाइएको छ।

    आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा भर्ना प्रक्रिया ठप्प हुँदा निजी क्याम्पसहरूमा भने नियमित भर्ना भइरहेको उल्लेख गर्दै स्ववियुले शैक्षिक समानताको सन्दर्भमा गम्भीर प्रश्न उठाएको छ।

    विज्ञप्तिमा त्रिविमा उत्पन्न समस्या समाधानका लागि प्रशासन र विद्यार्थी प्रतिनिधिबीच तत्काल संवाद आवश्यक रहेको जोड दिइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images