images
images
  • यातायात कार्यालयबाट ट्रायलविनै लाइसेन्स वितरण, ३ कर्मचारीसहित लाइसेन्स लिनेविरुद्ध मुद्दा दायर

    काठमाडौं – ट्रायल परीक्षा नै नदिई सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी गरेको आरोपमा तीन जना यातायात कार्यालयका कर्मचारी र एक लाइसेन्स लिने विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

    रुपन्देहीस्थित सवारी चालक अनुमतिपत्र कार्यालयका कम्प्युटर अपरेटरहरूले आर्थिक लेनदेनका आधारमा सभ्यता केसी नामकी व्यक्तिलाई कार, जीप र डेलिभरी भ्यान चलाउने अनुमति दिने लाइसेन्स प्रदान गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मुद्दा दायर गरेको हो।

    आयोगले रुपन्देही कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय, दाङ तुलसीपुर कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर र लाइसेन्सधारी सभ्यता केसीलाई प्रतिवादी बनाएको छ।

    उनीहरूले आपसी मिलोमतोमा ट्रायल बिना नै गलत विवरण तयार गरी सरकारी प्रक्रिया बेठिक तरीकाले सञ्चालन गरेको भन्दै आयोगले कानुनी कारबाहीको मागसहित विशेष अदालतमा मुद्दा चलाएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images