images
images
  • भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको यकिन सूची सार्वजनिक

    काठमाडौं – रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको यकिन विवरण सार्वजनिक गरिएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट प्राप्त विवरणका आधारमा बेपत्ता व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो ।

    प्राधिकरणले सार्वजनिक गरेको सूचीमा समावेश भएका व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति स्वयं वा निजको एकाघरका परिवारका सदस्यलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ ।

    सार्वजनिक सूचीमा नाम समावेश भएका व्यक्तिबारे कुनै जानकारी भए तोकिएको समयभित्र सम्बन्धित निकायमा जानकारी गराउन पनि प्राधिकरणले अनुरोध गरेको छ ।

    जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भएर आएका विवरणका आधारमा सूची तयार पारिएको प्राधिकरणले जनाएको छ ।

    बेपत्ता व्यक्तिको अवस्था पुष्टि गर्न तथा सार्वजनिक विवरणलाई अन्तिम रूप दिन दाबी पेस गर्ने व्यवस्था गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images