काठमाडौं – वरिष्ठ पत्रकार, साहित्यकार तथा सञ्चारविद् विजय चालिसेको शुक्रबार बिहान ७४ वर्षको उमेरमा निधन भएको छ। केही समयदेखि अस्वस्थ रहँदै आएका चालिसेको उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ।
चालिसे सरकारी दैनिक गोरखापत्रका पूर्वप्रधान सम्पादक तथा अध्यक्ष समेत रहेका थिए। साथै, प्रेस चौतारी नेपालको संस्थापक अध्यक्षसमेत रहेका चालिसे नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्व थिए।
उनी आमसञ्चार तथा पत्रकारिता शिक्षणमा पनि सक्रिय थिए र उनका पत्रकारिता तथा साहित्यसम्बन्धी थुप्रै पुस्तकहरू प्रकाशित छन्।
चालिसेको शुक्रबार नै गोकर्णेश्वर घाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ। पत्रकारिता क्षेत्रमा उनको योगदान सदैव स्मरणीय रहनेछ।
प्रतिक्रिया दिनुहोस्























