images
images
  • मेडिकल काउन्सिलले सार्वजनिक गर्यो लाइसेन्स परीक्षाको नतिजा, ७८ प्रतिशत उत्तीर्ण

    काठमाडौं – नेपाल मेडिकल काउन्सिलले हालै सम्पन्न लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजाअनुसार कुल परीक्षार्थीमध्ये कुल ७७.९९ उत्तीर्ण भएका छन्।

    परीक्षामा कुल २ हजार ९० जना परीक्षार्थी दर्ता भएकामध्ये २ हजार ७७ जनाले परीक्षामा सहभागिता जनाएका थिए ।

    १३ जना परीक्षार्थी अनुपस्थित रहेको काउन्सिलले जनाएको छ । मेडिकल र डेन्टल दुवै कार्यक्रम समावेश गरिएको यस परीक्षामा मेडिकल क्षेत्रतर्फ १ हजार ६११ जना दर्ता भएकामध्ये १ हजार ६०० जनाले परीक्षा दिएका थिए ।

    तीमध्ये १ हजार २२६ जना उत्तीर्ण भएका छन्, जुन ७६.६२ प्रतिशत सफल भएका छन् । डेन्टल क्षेत्रतर्फ ४७९ परीक्षार्थी दर्ता भएकामध्ये ४७७ जनाले परीक्षा दिएका थिए । तीमध्ये ३९४ जना उत्तीर्ण भएका छन्, अर्थात ८२.६० प्रतिशत सफल भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images