images
images
  • बागमती नदीबाट ट्रक निकालियो, सडक आवागमन सुचारु

    हेटौंडा – वर्षाको कारण बागमती नदीमा पानीको बाहब बढ्दा नदीमा फसेको लोड ट्रकलाई निकालिएको छ ।

    मकवानपुर र ललितपुरको सिमामा पर्ने भीमफेदी गाउँपालिका–८ बगुवामा रहेको बागमती पुल क्षेत्र र भर्र्याङ् डाँडामा भएको सडक अबरोध पनि हटेर सडक संचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    बिहिबार बाराको अमलेखगञ्जबाट डिजेल लिएर काठमाडौ जाँदै गरेको प्रदेश-२-०३-००१ क २०३१ नम्बरको ट्याङ्कर पुल नजिक चिप्लिएर खोलामा खस्दा नदीले बगाएको थियो भने बागमती नदी छेउ पार्किङ गरेर राखिएको ना ३ ख ९१९६ को मालबाहक ट्रक एक्कासी आएको बाढीमा फसेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images