images
images
  • एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, आगामी कदमबारे टुंगो लगाउने

    काठमाडौँ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्दैछ । पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको एमालेले बिहान ११ बजे बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक राखेको हो ।

    बैठकले पार्टीको आगामी कदमबारे टुंगो लगाउने बुझिएको छ । एमाले एकताका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका दोस्रो तथा युवा पुस्ताका नेताहरुले पार्टी एकताका लागि प्रयास गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images