images
images
  • सात स्थानबाट जुलुस निकाल्दै राप्रपा, मैतीदेवीको जुलुसमा सहभागी हुने लिङ्देनको तयारी

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस निकाल्ने भएको छ ।

    पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, उपत्यकाका विभिन्न सात ठाउँबाट आन्दोलनका लागि जुलुस निकालिनेछ ।

    अध्यक्ष राजेन्द्र लिङ्देन भने मैतीदेवीबाट निस्कने जुलुसमा सहभागी हुने उनले बताए ।

    ‘विभिन्न सात ठाउँबाट जुलुस निक्लिनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्षज्यू मैतीदेवीबाट सुरु हुने जुलुसमा सहभागी हुनुहुनेछ ।’

    राप्रपासहितको समर्थनमा आज उपत्यकामा राजावादीहरूले प्रदर्शन गर्दैछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images