images
images
  • नेविसंघका कार्यकर्ताले तोडफोड गरे त्रिवि उपकुलपतिको कार्यालय

    काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट विभिन्न क्याम्पसमा स्ववियुमा निर्वाचित पदाधिकारी तथा कार्यकर्ताहरूले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड गरेका छन्।

    स्नातक तहको भर्ना खोल्नुपर्ने माग राखेर विश्वविद्यालय पुगेका नेविसंघ निकट विद्यार्थी समूहले निमित उपकुलपति प्राध्यापक खड्ग केसीको सचिवालयमा तोडफोड गरेको हो।

    तर त्यसबेला निमित उपकुलपति केसी भने कार्यकक्षमा हुनुहुन्नथ्यो। आक्रमणबाट उपकुलपतिको सचिवालयको कुर्ची, टेबल लगायतका सामानमा क्षति पुगेको विश्वविद्यालयले जनाएको छ।

    घटनालगत्तै प्रहरीले हस्तक्षेप गरी थप क्षति हुनबाट जोगाएको थियो। स्नातक तहको तत्काल भर्ना नखोलिए धेरै विद्यार्थीहरू पढ्न पाउने अधिकारबाट वञ्चित हुने भन्दै उनीहरूले विश्वविद्यालयका पदाधिकारीसमक्ष भर्ना खोल्ने वातावरण बनाउन माग गरेका छन्।

    यसका साथै समाजशास्त्र विभाग प्रमुखको अन्तवार्ता रोक्नुपर्ने र आफ्ना मान्छे नियुक्ति गर्नुपर्ने भन्दै धम्की समेत दिने गरेको उपकुलपति कार्यालयले जनाएको छ।

    जसले गर्दा उपकुलपतिको निजी निवासमा समेत प्रहरीले सुरक्षा दिनुपरेको प्राध्यापक केसीले जानकारी दिए।

    यसअघि पनि विद्यार्थीको समूहले केसी नै शिक्षाध्यक्ष रहेका बेला उहाँको कार्यकक्षमा समेत तोडफोड गरेको थियो।

    त्यसबेला पनि घटनामा संलग्नलाई कारबाही गर्न माग गरे पनि कुनै सुनुवाइ नभएको शिक्षाध्यक्ष कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images