images
images
  • अलमलमै प्रतिनिधिसभा बैठक, सत्ता र विपक्षी छुट्टाछुट्टै छलफलमा

    काठमाडौं – प्रतिनिधिसभाको आजको बैठक अझै पनि अलमलमै परेको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसोसम्म पनि सुरु हुन सकेको छैन।

    हाल नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रमुख विपक्षी दलहरूको बैठक जारी छ भने सत्तारुढ गठबन्धन बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा छलफलमा जुटेको छ।

    सभामुख देवराज घिमिरे दुवै पक्षबीचको छलफलपछि मात्रै बैठक सुरु गर्ने तयारीमा रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

    भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images