images
images
  • गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माओवादीको निष्कर्ष, कांग्रेसले गर्यो बचाउ

    काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको भूमिकालाई लिएर सत्तारूढ दलभित्र मतभेद चुलिएको छ। नेकपा माओवादी केन्द्रले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ भने नेपाली कांग्रेसले उनी दोषी नरहेको दाबी गर्दै राजीनामा आवश्यक नरहेको जनाएको छ।

    आज बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै निष्पक्ष छानबिनको मार्ग खुला गर्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकपछि पार्टीका प्रवक्ता अग्नि सापकोटाले भने, ‘राज्यका निकायले छानबिन सुरु गरिसकेको अवस्थामा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ। ताकि पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस्।’

    सापकोटाका अनुसार निष्पक्ष र स्वतन्त्र छानबिनका लागि मन्त्रीको राजीनामा अपरिहार्य भएको माओवादीको धारणा छ। उनले थपे, “छानबिनमा सहयोग गर्ने वातावरण बनाउनु पर्छ, त्यसका लागि नैतिक जिम्मेवारी स्वरूप राजीनामा दिनुपर्ने ठहर गरिएको हो।”

    तर नेपाली कांग्रेसले भने गृहमन्त्री लेखकमाथि उठेका आरोपहरू आधारहीन भएको भन्दै उनलाई बचाउ गरेको छ। कांग्रेस पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा लेखकको संलग्नता नरहेको निष्कर्ष निकाल्दै उनले राजीनामा दिनु नपर्ने ठहर गरेको छ।

    यो विषयले सत्ता गठबन्धनभित्रै दबाब र असमझदारी सिर्जना गर्दै लम्बिएको भिसा काण्ड थप जटिल मोडमा प्रवेश गरेको संकेत देखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images