images
images
  • बंगलादेशमा नेता युनुसद्वारा ‘म्याराथुन’ वार्ताका लागि दलहरूलाई आह्वान, हसिनाको पार्टीलाई ‘बाइपास’

    काठमाडौं । बंगलादेशका अन्तरिम नेताले एकता निर्माण गर्न र तीव्र राजनीतिक शक्ति संर्षलाई शान्त पार्न आइतबार विभिन्न दलसँग ‘म्याराथुन वार्ता’ आह्वान गरेका छन् ।

    नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसले निर्वाचन नहुञ्जेलका लागि कामचलाउ सरकारको प्रमुख सल्लाहकारको रूपमा सरकारको नेतृत्व गरिरहेका छन् ।

    करिब १७ करोड जनसंख्या भएको दक्षिण एसियाली राष्ट्र बंगलादेशमा सन् २०२४ को अगष्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको विद्रोहले सत्ताच्युत गरेपछि राजनीतिक उथलपुथल मच्चिएको छ ।

    यस महिना सरकारको विरोधमा उत्रिएका प्रमुख राजनीतिक दललगायत अन्य राजनीतिक दलसँग शनिबार साँझ अबेरसम्म चलेको बैठकपछि यो वार्ता बोलाइएको हो ।

    उनका प्रेस सचिव शफिकुल आलमले एएफपीसँग भने, ‘मुख्य सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले आइतबार विभिन्न दलका नेतासँग भेटवार्ता गरेका छन् ।

    बंगलादेशमा ५४ वटा राजनीतिक दल दर्ता भएका छन् । जसमा हाल प्रतिबन्धित पूर्वनेता हसिनाको अवामी लिग समावेश छैन । यस चरणको वार्तामा कति दललाई आमन्त्रण गरिएको छ भन्नेबारे आलमले केही खलाएनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images