images
images
  • विवाह गरेको बिर्सिएर आफ्नै श्रीमतीकै प्रेममा परे यी व्यक्ति, अन्ततः दोस्रोपटक विवाह


    काठमाडौं । कस्तो अच्चम सुन्दा पनि तपाइलाई कता कता अर्के लाग्छ होला, विवाह गरेकै बिर्सिएर श्रीमतीकै प्रेममा परेर एक व्यक्तिले अमेरिकामा दोस्रोपटक विवाह गरेका छन्।

    ५६ वर्षका पिटर तीन वर्ष अगाडि मात्र बिर्सने रोग अज्लाइमरबाट पीडित बनेका थिए। त्यसपछि उनले लिजा मार्सलसँग १२ वर्ष अगाडि विवाह गरेकै बिर्सिए।तर लिजा भने श्रीमानको हेरचाह गर्छिन्। हरेक समय उनको सेवामा रहँदै आएकी छिन्।

    गत डिसेम्बरमा जब उनीहरु आफ्नो मनपर्ने टीभी कार्यक्रम हेरिरहेका थिए, पिटरले लिजालाई अचानक विवाहको प्रस्ताव राखे।पिटरले यो बिर्सिसकेका थिए कि उनीहरुले विवाह गरेका थिए। श्रीमानबाट विवाहको प्रस्ताव आएपछि लिजा निकै हर्षित भइन्।

    उनले आँखाभरी आँशु पार्दै विवाह गरौं भनेर सहमति जनाइन्।उनीहरु एक हुँदा हुँदै पनि दोस्रोपटक प्रेममा परे। यतिबेला उनीहरुले दोस्रोपटक विवाह गरिसकेका छन्।श्रीमानबाट छुट्टिने होकि भन्ने चिन्ता भएकी लिजा यतिबेला श्रीमानको नयाँ माया पाएर हर्षित छिन्।

    लिजालाई पिटरले फेरि बिर्सिन्छन् भन्ने चिन्ता अवश्य छ। तर उनी भन्छिन्,‘जीवन समाप्त नभएसम्म हामी एक हुनेछौं। हामीलाई कसैले अलग्याउन सक्दैन।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images