images
images
  • सहकारी ठगी प्रकरण : रवि लामिछानेविरुद्धको आदेशमा सर्वोच्चको नै त्रुटि, के भएको हो ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश सदर गर्ने क्रममा सर्वोच्च अदालतबाट त्रुटि भएपछि आज (आइतबार) आदेश सच्याइँदैछ ।

    शुक्रबार सर्वोच्च अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश जारी गरेको थियो । तर, सो आदेशमा ‘आदेश’ भन्ने ठाउँमा ‘फैसला’ लेखिएको पाइएपछि लामिछाने पक्षले त्रुटि सच्याउन माग गर्दै आइतबार निवेदन दर्ता गराएको हो । सोही निवेदनको सुनुवाइका लागि आजै पेसी तोकिएको छ ।

    न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालतको आदेश सदर गरेपछि सोही इजलासमा त्रुटि सच्याउने पेसी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेयले जानकारी दिएका छन् ।

    सर्वोच्च अदालतमा आदेश र फैसला भन्ने दुई छुट्टै कानुनी प्रकृयागत अर्थ हुने भएकाले यस प्रकारको त्रुटिलाई संवेदनशील मानिन्छ । आदेश सामान्यतया अन्तरिम वा प्रक्रिया सम्बन्धी हुन्छ भने ‘फैसला’ अन्तिम निष्कर्ष हो । यस्तो प्राविधिक त्रुटि तुरुन्तै सच्याउनुपर्ने प्रचलन छ ।

    सर्वोच्चको पछिल्लो निर्णयपछि लामिछानेको कानुनी टुंगोबारे अन्योल हट्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images