काठमाडौं । नेकपा (एमाले) निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।
निर्वाचनमा वर्तमान अध्यक्ष क्षितिव थेबे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने भएको हो ।
हिजो (शनिबार) नै प्रतिनिधिको नामावली प्रकाशित भइसकेको छ भने मतदान गर्न ४६ वटा इलेक्ट्रिक भोटिङ मेसिन तयार गरिएको छ ।
संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षितिज थेबे र महाचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने भएको छ ।
अध्यक्षका दावेदार थेबे यसअघि महासचिव हुँदै संघको नवौं (नेपालगञ्ज) महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए भने पुरी उपाध्यक्ष, महासचिव हुँदै अहिले अध्यक्षका दाबी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्























